बुधबार, १९ वैशाख २०८१

कपेर आधारभूत विद्यालयको भवन हस्तान्तरण

rss २०८० वैशाख १३ गते १३:२९

Advertisement

बेथानचोक गाउँपालिकाको कामीडाँडास्थित कपेर आधारभूत विद्यालयको भवन हस्तान्तरण गरिएको छ ।

विसं २०७२ को गोर्खा भूकम्पले सो विद्यालय भवन क्षतिग्रस्त भएको थियो । करिव रु एक करोड २७ लाख ८० हजार लागतमा सो विद्यालय भवन पुनःनिर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर तामाङले जानकारी दिनुभयो ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोकको शैक्षिक गुणस्तर माथि उकास्न उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँले गाउँपालिकाले घुम्ती शिक्षक अभियान सञ्चालन गरेको जानकारी दिँदै यसबाट शैक्षिक सुधार हुँदैजाने छ भन्नुभयो ।

सहयोगी सस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले शैक्षिक गुणस्तर वृद्धि गर्न सामूहिक प्रयासको खाँचो औल्याउनुभयो । बेथानचोक – ५ का वडाध्यक्ष राजकुमार वाइबाले शिक्षक अभावका कारण गुणस्तरीय शिक्षा समस्या प्रदान गर्न समस्या परेको दुःखेसो गर्नुभएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री