शुक्रबार, २१ वैशाख २०८१

महानगरका सामुदायिक विद्यालयले कुनै पनि शुल्क लिन नपाउने

समयपोष्ट २०७९ चैत ३० गते १३:१७

Advertisement

काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन निर्देशन जारी गरेको छ ।

महानगरले सुचना जारी गर्दै  अभिभावकसँग सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिने  चेतावनी दिएको छ ।

शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपयले विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै महानगरले कुनै पनि शुल्क नलिन निर्देशन जारी गरेको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री