बिहीबार, २० वैशाख २०८१

डिशहोमको १ वर्षको रिचार्जमा खोटाङका ५ जनाले जिते एक लाख नगद

समयपोष्ट २०७९ चैत २१ गते २०:४५

Advertisement

‘१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्नुहुन्छ’ योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ५ जना ग्राहकहरुले नगद एक लाख रुपैयाँ जित्न सफल भएका छन् ।

डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्ने ग्राहकहरुमध्ये लक्की ड्र मार्फत खोटाङका देबका आचार्य, रत्नकला बुढाथोकि, कमला रिजाल, हिरालाल रिजाल र एम्बिता राईले नगद एक एक लाख रुपयाँ जित्न सफल भएको डिशहोमले जनाएको छ ।

डिशहोमका अनुसार सैँजु इन्टरप्राइजेज अन्तर्गतका डिलर बिजय स्टोर्स एण्ड सप्लायर्स दिक्तेल-१, खोटाङ्गका डिलरदाईबाट डीसहोमको वार्षिक रिचार्ज गरि स्किम अन्तर्गत उक्त पुरस्कार प्राप्त गरेका हुन।

ग्राहकलाई १ लाख रुपयाँ डिस मिडियाबाट आरएसएम बिपिन्द्र न्यौपाने, अफिसर बिजय पन्थीको उपस्थितिमा खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन प्रसाद आचार्यले हस्तान्तरण गरे ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री