बिहीबार, २० वैशाख २०८१

एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद छैटौँ संस्करण काठमाडौंमा

समयपोष्ट २०७९ चैत २० गते ८:५३

Advertisement

नेपालका व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणी व्यक्तित्वलाई एकैथलोमा ल्याएर खेल प्रवद्र्धन र आर्थिक गतिविधि अभिवृद्धि गराउने उद्देश्यको विशेष कार्यक्रम ‘एनसेलको प्रस्तुति बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ यस वर्ष छैटौँ संस्करणमा प्रवेश गरेको छ ।

विगत ६ वर्षदेखि मुलुकका उद्योगी तथा व्यवसायीबीच बाह्रखरी मिडियाले प्रतिस्पर्धा ‘कर्पोरेट गल्फ’ प्रतियोगिता गराउँदै आएको छ ।

बाह्रखरी मिडियाले नयाँ वर्ष २०८० वैशाख ९ अर्थात् अप्रिल २२, २०२३ मा काठमाडौंमा एनसेल बाह्रखरी कर्पोरेट गल्फसँगै आर्थिक परिसंवाद (इकोनोमिक सिम्पोजियम) कार्यक्रमको आयोजना गरेको छ ।

देशका आर्थिक क्षेत्रका दिग्गज व्यक्तित्व सम्मिलित हुने र देशको आर्थिक दिशानिर्देश गर्ने परिसंवाद तथा प्रतिष्ठित कर्पोरेट क्षेत्रका व्यवसायीहरूले प्रतिस्पर्धा गर्ने गल्फ प्रतियोगिताको सुरूवात प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट गोकर्ण गल्फ कोर्स तथा गोकर्ण फरेस्ट रिसोर्टमा वैशाख ९ गते बिहान हुनेछ ।

Advertisement

कर्पोरेट गल्फ प्रतियोगितामा प्रदान गरिने प्रथम पुरस्कार ‘सुनको बल’ सार्वजनिकीकरण चैत १९ गते आइतबार गरिएको छ ।

गल्फ प्रतियोगिता ‘कर्पोरेट’ व्यक्तित्वबीच हुनेछ । आर्थिक परिसंवाद (इकोनोमिक सिम्पोजियम) मा देशभरबाट विशिष्ट व्यक्तित्व, अर्थविद्, बैंकर, उद्यमीलगायत व्यक्तित्वको सहभागिता रहनेछ ।

करिब १०० जना गल्फरले भाग लिने यस प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फर पनि उपस्थित हुनेछन् ।

गल्फ खेलको माध्यमबाट आर्थिक र सामाजिक सचेतना अभिवृद्धि गराउन बाह्रखरी मिडियाले हरेक वर्ष देशका फरक–फरक स्थानमा ‘कर्पोरेट गल्फ’ प्रतियोगिता गर्दै आएको छ । यसअघि, पोखरा, धरान सगरमाथा क्षेत्रको कोङ्दे रीमा प्रतियोगिता गरिएको थियो ।

पहिलो दुई संस्करण यसै स्थान अर्थात् गोकर्ण गल्फ कोर्समै सम्पन्न भएका थिए ।

‘कर्पोरेट’ क्षेत्रका खेलाडीबीच हुने यो प्रतियोगिता देशकै प्रतिष्ठित प्रतियोगिता भएको र यसका अल–राउन्ड विजेताले एक तोला सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् । साथै, अन्य विभिन्न विधामा विजेताले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन वन’ पुरस्कारका रूपमा ‘हुन्डेइ’ को ‘भेन्यू’ गाडी प्राप्त गर्नेछन् ।

गोकर्ण गल्फ क्लबको १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन । यस नियमले ठूलो प्रतियोगितामा समयको बचत गर्दछ ।

हरेक वर्ष गल्फ खेलको माध्यमबाट आर्थिक र सामाजिक सचेतना अभिवृद्धि गराउनु नै बाह्रखरी मिडियाको मुख्य उद्देश्य हो । त्यसैले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि गल्फ प्रतियोगितासँगै ‘आर्थिक परिसंवाद’ कार्यक्रम आयोजना गरिएको छ ।

‘आर्थिक परिसंवाद’ कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद्, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायीलगायत करिब चार सय पाहुना सहभागी हुनेछन् ।
कार्यक्रममा एकजना विज्ञबाट वर्तमान आर्थिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख व्यक्तित्वको सम्बोधनपछि सरकारका प्रतिनिधिले जवाफ दिनेछन् ।

‘अर्को चरणको आर्थिक सुधार’मा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘आर्थिक परिसंवाद’ आयोजना गरिएको हो । ‘आर्थिक परिसंवाद’ले सरकारले लिने सुधारको चरणलाई पनि सहयोग पु¥याउनेछ भन्ने आयोजकलाई लागेको छ ।

यस कार्यक्रममा प्रस्तुत गर्ने हेतुले बाह्रखरी मिडियाले मुलुकको ‘वर्तमान आर्थिक अवस्था र संकट’ समाधानका सन्दर्भमा ४०० बढी व्यवसायी तथा सर्वसाधारणको धारणा समेटेर ल्याएको छ । ती धारणामध्येबाट केही प्रतिनिधि आवाजको भिडियोहरू पनि विषयगत सेसनका अगाडि प्रस्तुत हुनेछन् ।

बाह्रखरी मिडियाले प्रत्येक वर्ष आयोजना गर्दै आएको गल्फ प्रतियोगितामा एनसेलले गल्फ खेलको माध्यमबाट देशको आर्थिक, सामाजिक र पर्यटनलगायत क्षेत्रको विकासमा योगदान पु¥याउन प्रमुख प्रायोजकका रूपमा विगत चार वर्षदेखिसँग सहकार्य गर्दै आएको छ ।

यो वर्ष आयोजना गरिएको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा गल्फ खेलाडीसहित करिब १५ सय पाहुना उपस्थित हुने अनुमान छ ।

‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल टुरिजम बोर्डसँग सहकार्य गरेका छन् ।

त्यसैगरी, ग्लोबल आईएमई बैंक, सिभास रिगल, भाटभटेनी सुपरमार्केट, माछापुच्छ्रे बैंक, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस, बीएमडब्लू, प्रभु बैंक र फलानो लुगा प्रायोजक रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री