शनिबार, २२ वैशाख २०८१

बाबियाचौरमा ब्याडमिन्टन कर्भड हल

rss २०७९ चैत १८ गते ७:४४

Advertisement

म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा रु २१ लाखमा कर्भड हल निर्माण भएको छ ।

ब्याटमिन्टनसहित मार्सल आर्टका खेलसमेत सञ्चालन गर्न मिल्ने गरी निर्मित कर्भड हलको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको हो । गाउँपालिकाको रु ११ लाख, पूर्वाधार कार्यालयको रु पाँच लाख र २ को वडा कार्यालयबाट रु पाँच लाख गरी रु २१ लाखको आर्थिक सहयोगमा उक्त कर्भड हल निर्माण भएको हो ।

गाउँपालिका अध्यक्ष रोकाले समुदायमा आवश्यक सबै पूर्वाधारमा पालिकाको बजेटबाट मात्रै सम्भव नभएकाले अन्य सरकारी निकाय, प्रदेश र सङ्घीय सरकारबाट समेत बजेटको आवश्यकता रहेको बताउनुभयो ।

कर्भड हल बाहिर पार्किङ, व्यवस्थित शौचालयसहितको संरचनाका लागि समेत मङ्गला युथ क्लबले बजेट माग गरेको छ । कर्भड हललाई आवश्यकताअनुसार संरचना थप गरिने जनाइएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री