शुक्रबार, १६ चैत २०८०

प्रभु बैंकका ग्राहकलाई मेडिसिटी हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत छुट

समयपोष्ट २०७५ वैशाख २ गते १२:४८

प्रभु बैंकका ग्राहकले ललितपुरमा रहेको नेपाल मेडिसिटी हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन्। बैंक र हस्पिटलबीच भएको सम्झौंता अनुसार यो छुट पाउने भएका हुन्।

Advertisement

सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर अशोक खड्गी र हस्पिटलकातर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे।बैंकका कर्मचारी तथा बैंकका प्रिभिलेज कस्टुमर एवं डेविट तथा क्रेडिट कार्ड होल्डरलार्इ सेवा शुल्कमा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री