आइतबार, २९ असार २०८२

भन्सार जाँचमा हेल्चक्र्याई भएकै कारण कालोबजारी बढ्यो,अब कडा निगरानी हुन्छ : अर्थमन्त्री

समयपोष्ट २०७४ चैत २९ गते ७:५७

अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार जाँचमा हेल्चक्र्याई भएकै कारण कालोबजारी बढेको बताएका छन् । विहिबार राजधानीमा उद्योगी, व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

अर्थमन्त्री खतिवडाले उद्योगी,व्यवसायीहरुलाई भन्सार कार्यालयलाई पारदर्शी बनाउन सहयोग गर्न आग्रह गर्दै भन्सार कार्यालयहरुमा कडा निगरानी गरिने समेत उल्लेख गरे ।

अर्थमन्त्री खतिवडाले उद्योगी, व्यवसायीहरुलाई भन्सार विन्दुहरुमा देखिएका समस्या छिट्टै समाधान हुने आश्वासन दिए ।

उनले भन्सार कार्यालयहरुको सेवालाई सहज बनाउन उच्चस्तरीय अनुगमनको कामलाई तीव्रता दिने बताए । उनले भन्सार नाकाको कार्यलाई सहज बनाउन सरकारले उचित सुरक्षाको व्यवस्था गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री