बिहीबार, १५ चैत २०८०

बुढानिलकण्ठका कार्यकारी अधिकृत र इञ्जिनियर ५ लाख घुससहित पक्राउ

समयपोष्ट २०७४ चैत २७ गते ०:४५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँस्थित बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत लिला अधिकारी र इञ्जिनियर विजेन्द्र श्रेष्ठलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।

Advertisement

सोमबार राति ८ बजे अख्तियारको टोलीले उनीहरुलाई ५ लाख घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौँ महानगरपालिकाको वडा नं ३ को कार्यालय नजिकै घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार प्रवक्ता दिर्घराज मैनालीले जानकारी दिए ।

अख्तियारले उनीहरुको साथबाट ५ लाख नगद र दुर्इ थान सवारी साधनसमेत नियन्त्रणमा लिएको जनाएको छ ।नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री