बिराटनगर गोलीकाण्ड : धर्म र ईश्वर विरोधी आततायीबाट भएको सुनियोजित आक्रमण
राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)ले आइतबार भएको हिन्दु राष्ट्र नवजागरण अभियानका अभियन्ता निवासाचार्यमाथिको आक्रमण दुःखद भएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीले सो घटना दुःखद भएको र घटनाले पार्टीको गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ ।
उक्त घटना हिन्दु धर्म र ईश्वर विरोधी आततायीहरुबाट भएको जनाउँदै सो पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, नेपाली जनतामा हिन्दुत्व र हिन्दुधर्म प्रति व्यापक रुपमा बढ्दै गएको आस्था एवम् विश्वासको लहरबाट अत्तालिएका धर्म र ईश्वर विरोधी आततायीबाट भएको यो सुनियोजित आक्रमणको राप्रपा प्रजातान्त्रिक घोर निन्दा र भत्र्सना गर्दछ ।
हिन्दुत्व र हिन्दु राष्ट्र नवजागरणका अभियानमा महर्षि सरहका गुरु श्री निवासचार्यको शिघ्र स्वास्थ्य लाभाको कामना गर्दछ । उक्त पार्टीले घटनामा संलग्न गिरोहलाई अविलम्ब पक्राउ गरी कडा कार्वाहीको माग समेत गरेको छ ।
प्रतिक्रिया