विवेकानन्द सांस्कृतिक केन्द्रले मनायो ७२ औं आइसीसीआर दिवस

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले ७२ औं भारतीय सांस्कृतिक सम्बंध परिषद (आइसीसीआर) स्थापना दिवस मनाएको छ ।

Advertisement

भारतीय राजदूतावासमा रहेको केन्द्रले शनिबार काठमाडौंको नक्सालस्थित होटल मेरियटमा ७२ औं भारतीय सांस्कृतिक सम्बंध परिषद (आइसीसीआर) स्थापना दिवस मनाएको हो ।

आइसीसीआरका पूर्व विद्यार्थीहरुबीच मित्रताको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यका साथ हाल जारी India @75 आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा सो कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।

राजनीतिज्ञ डा. शशांक कोइराला, अभिनेत्री मनीषा कोइराला र नेपालका आइसीसीआरका पूर्व विशिष्ट विद्यार्थीहरुको उपस्थितिमा नियोग उप–प्रमुख नामग्य खम्पाले उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा नेपालबाट आइसीसीआरका दुई प्रतिष्ठित पूर्व छात्रहरु–काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत प्रधानले भारतमा अध्ययन गर्दाका आफ्ना अनुभवहरु सुनाउनु भयो । बहुचर्चित अभिनेत्री मनीषा कोइरालाले पनि कार्यक्रममा आफ्ना बाल्यकाल र भारतमा प्रारम्भिक शिक्षा लिदा बटुलेका अनुभवहरु सबैसँग साट्नुभयो । विश्वभर छरिएर रहेका आइसीसीआरका पूर्व विद्यार्थीहरुको अनुभवलाई संकलन गरी भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।

Advertisement

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री