२० वर्ष पुराना गाडी फेरि सडकमा

सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न लागेको हो ।

Advertisement

पुराना गाडीका कारण वातावरण प्रदूषण बढेको तथा दुर्घटनासमेत बढ्ने खतरा हुँदाहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने २० वर्ष पुराना सवारी साधनलाई फेरि सडकमा गुडाउन दिने गरी गृहकार्य थालेको हो ।

भौतिक मन्त्रालयले वातावरणविद्, यस क्षेत्रका सरोकारवाला निकायलगायत आवश्यक छलफल नै नगरी व्यवसायीको प्रभावमा परेर यसअघिको नियमलाई फेरि परिवर्तन गर्ने तयारी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा नै यसका विषय खुलेरै अभिव्यक्ति दिएकी छन् । २० वर्ष पुरानो गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जित गरिएको कानुन परिवर्तन गर्न आवश्यक रहेको उनको जिकिर छ ।

कोरोनाका कारण धेरै यातायात व्यवसायीले आर्थिक रूपमा समस्या बेहोरिरहेको कारण जनाउँदै उनले २० वर्ष पुराना गाडी चलाउन नपाउने कानुनले झन् समस्यामा पारेकाले तत्कालका लागि त्यससम्बन्धी कानुनमा परिवर्तन गरिनुपर्ने बताएकी छन् ।

Advertisement

मन्त्री यादवले २० वर्ष कटेका सवारीसाधनलाई फेरि चलाउन दिनुपर्ने विषयलाई जोड दिँदै गाडी ठिक छ कि छैन भनेर चेकजाँच गर्ने निकायले राम्रोसँग काम गर्नुपर्ने र ठीक भएकालाई मात्र सञ्चालन गर्न दिनुपर्ने बताइन् । आजको राजधानी दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री