
हार व्यहोरेपछि क्रिस्टियानो रोनाल्डोले समर्थकको मोबाइल फुटाएका छन्।
इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति म्यानचेस्टर युनाइटेडले एभर्टनसँग १–० गोलको हार व्यहोरेपछि रोनाल्डोले मैदानबाट बाहिरिने क्रममा एक समर्थकको मोबाइल भुँइमा झारेर फुटाइदिएका हुन् ।
खेल एभर्टनको मैदानमा भएको थियो । त्यसको केही समयमा फुटेज भाइरल भएपछि रोनाल्डोले माफी मागेका छन्।
‘कठिन अवस्थामा इमोसनलाई नियन्त्रण गर्न सजिलो हुँदैन’, रोनाल्डोले सामाजिक सन्जालमार्फत भनेका छन्। पछिल्लो हारसँगै म्यानचेस्टर युनाइटेडको आगामी सिजन युरोपियन च्याम्पियन्स लिमा छनोट हुने सम्भावना कमजोर बनेको छ। ‘३१ खेलबाट ५१ अंक भएको म्यान युनाइटेड सातौं स्थानमा छ। उसले पछिल्ला ५ लिग खेलमा २ हार, २ बराबरी र एक जित हात पारेको छ। शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ३० खेलबाट ७३ अंक छ। चौथो स्थानमा रहेको टोट्टनहामको ३१ खेलबाट ५७ अंक छ।









प्रतिक्रिया