यसकारण मिल्ने साथीले नै बनाएकी थिईन् कवितालाई मार्ने योजना

उदयपुरको कोसी जनता माध्यमिक विद्यालयकी १६ वर्षीया छात्रा कविता सुनुवारको हत्यामा उनकै साथी र साथीको दाइको संग्लनता देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Advertisement

प्रहरीले हत्या आरोपमा कवितासँगै पढ्दै आएकी ढकाल थरकी १५ वर्षीया छात्रा र उनका दाइ नाता पर्ने १९ वर्षीय विनोद ढकाललाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवैजनाले हत्यामा आफ्नो संलग्नता स्वीकार समेत गरिसकेका छन् । आफूलाई हेप्ने गरेका कारण कवितामाथि आक्रमणको योजना बनाएको उनकी साथीले प्रहरीलाई बताएकी छन् ।

प्रहरीका अनुसार केही समयअघि मनमुटाव भएर कविता र उनकी साथीबीच बोलचाल पनि बन्द भएको थियो । त्यसपछि कविताकी साथी फेरि बोल्न सुरु गरेकी थिइन् । घटना भएको दिन मंगलबार कविता साथीसँग स्कुल जाने भन्दै निस्किएकी थिइन् । कविताको घर विद्यालयभन्दा तीन किलोमिटरको दूरीमा छ । उनी प्रायःजसो पैदल हिँडेरै विद्यालय पुग्ने गरेकी थिइन् ।

अनुसन्धानमा संलग्न एक अधिकारी प्रहरीका अनुसार कवितलाई उनकी साथीले बिहान साढे ४ बजेतिर आज कोचिङ जानुपर्छ भनेर फेसबुकमा म्यासेज गरेकी थिईन् । उनले हुन्छ भनेपछि साथीसँगै हिँडेर स्कुलतर्फ अगाडि बढिन् । साथीसँग उनको दाइ पनि थिईन् । उनका दाइले बियरको बोतल लुकाएर लगेका रहेछन् । केही पर पुगेपछि कविताको टाउकोमा बियरको बोतलले हिर्काएका रहेछन् ।

बियरको बोतलले हिर्काएपछि कविता जमिनमा लडेको र सो अवस्थामा उनीहरूले टाउकोमा ढुंगा प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

Advertisement

कवितामाथि आक्रमण गरिसकेपछि उनीहरूले घिसारेर खोलासम्म लगेको र फेरि टाउकोमा ढुंगा बजारेको उनीहरूले बताएको अनुसन्धानमा संलग्न एक अधिकारीको भनाइ छ ।

उनका अनुसार कविताको मोबाइल साथीको घरबाट बरामद हुनुले घटना पुष्टि भएको प्रहरी भनाइ छ । यसबाहेक प्रहरीले बियरको बोतलका टुक्रा समेत बरामद गरेको छ ।

कवितामाथि आक्रमण गर्दा विनोदको शरीरमा समेत चोट लागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि प्रहरीले आज म्याद थपको तयारी गरेको छ । प्रहरीले घटनाबारे प्राविधिक पाटोको समेत अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री