भारतीय विदेश मन्त्रालयले भन्यो- प्रधानमन्त्री देउवाको भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर भएको बताएका छन् ।

Advertisement

नेपाल–भारत द्विपक्षी बैठक सुरु हुनुअघि बागचीले ट्विट गर्दै लेखेका छन्,‘हाम्रा दुई देशबीचको मित्रता र सहयोगको विशेष सम्बन्धलाई प्रगाढ बनाउने नयाँ अवसर।’

हाल भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितमा नेपाल–भारत द्विपक्षी बैठक जारी छ । बैठक सकिएपछि हैदराबाद हाउसबाटै दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेलसेवाको उद्घाटन गर्नेछन् भने सोलु कोरिडोर प्रसारण लाइनको पनि उद्घाटन गर्ने कार्यक्रम छ ।

संयुक्त रुपमा उद्घाटन गरिने परियोजनामा भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी, नेपाल र भारतबीच रुपी कार्ड सञ्चालन, ९० किलोमिटर लामो १३२ केभीको सोलु करिडोर प्रसारण लाइन र कुर्था–जयनगर ३५ किलोमिटर रेल सेवा रहेका छन् ।

दुवै देशका प्रधानमन्त्रीले रिमोर्टमार्फत यी परियोजनाको उद्घाटन गर्नेछन् ।

Advertisement

भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री देउवा शुक्रबार नयाँदिल्ली पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री