
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता भएको छ ।
शुक्रबार नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबिच भेटवार्ता भएको हो ।
तीन दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो ।
प्रधानमन्त्री देउवा भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज अपराह्न नयाँ दिल्ली पुगेका हुन् ।









प्रतिक्रिया