“टिभिएस वा, वाह्, वाह्ह् योजना अन्तर्गत अपाच्य आर आर ३१० को पहिलो विजेताको घोषणा”
टिभिएस वा, वाह्, वाह्ह् योजना अन्तर्गत कैलाली–०२, बर्दियाका बालचन्द थारु टीभीएस अपाच्य आर आर ३१० का पहिलो बिजेता घोषणा गरिएको छ।
बिजेताले टीभीएस आर टि आर १६० टु भि खरिद गरेका थिए । टिभिएस, वा, वाह्, वाह्ह् योजना अन्तर्गत ग्राहकले टिभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गरेर यो योजनामा सहभागी बन्न सक्ने छन् ।
यो योजना अन्तर्गत हरेक १५ दिनमा टिभिएसको फेसबुकमा प्रत्येक्ष प्रशारण मार्फत गोलाप्रथाद्धारा बिजेता घोषणा गरिने छ ।
यस योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटर्साइकल वा स्कुटरको खरिदमा रू १०,००० सम्मको पक्का डिस्काउन्ट र शुन्य प्रतिशत व्याजदरको व्यवस्था भएको “वा“ अफर रहेको छ । साथै योजनालाई “वा“ बाट “वाह्“ बनाउन योजनाको समय अवधीमा टिभिएसको कुनैपनि मोटर्साइकल वा स्कुटर खरिद गर्नुहुने ग्राहकहरु मध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा एउटा नयाँ टिभिएस अपाच्य आर आर ३१० उपहार स्वरूप प्रदान गरिनेछ ।
यो योजना यतिमामात्र सिमित नभएर “वा“ बाट “वाह्“ हुँदै “वाह्ह्” सम्मको थप भव्य बनाउने योजनाको अन्त्यमा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप स्ट्याण्डर्ड एमटि भर्जनको नयाँ प्रोटोन सागा गाडी गोलाप्रथा मार्फत पक्काप्राप्त गर्नुहुनेछ ।
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थानजमाउन सक्षम भएको छ । ११० देखि ३१० सिसि सम्मको गुणस्तरीय साधन बिक्रीपश्चातको व्यापक सेवा र देशभरमा जेन्युन पार्टपुर्जाहरुको उपलब्धता मार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दाज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।
प्रतिक्रिया