शुक्रबार, १४ वैशाख २०८१

परिस्थिति बिग्रिए पुन: लकडाउन : प्रधानमन्त्री

समयपोष्ट २०७८ वैशाख १ गते ९:२५

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई सरकारले अन्तिम उपायको रुपमा मात्र प्रयोग गर्ने स्पष्ट पारेका छन् ।

नयाँ वर्षको अवसरमा बुधबार सिंहदरस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्दै ओलीले भने, ‘कतिपयले आज नै लकडाउन भोलि नै लकडाउन गर्छ भनेर हल्ला फैलाए । तर सरकार सकेसम्म लकडाउन चाहँदैन’।

प्रधानमन्त्री ओलीले परिस्थिति बिग्रिए मात्र सरकारले लकडाउन गर्ने बताए । प्रधानमन्त्री ओलीले कोभिडबाट सुरक्षित रहन स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै आफू सुरक्षित, अरुलाई पनि सुरक्षित रहन अपिल समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री