शुक्रबार, १६ चैत २०८०

स्कुल बन्द गर्न र २५ जनाभन्दा बढी भेला हुन रोक लगाउँन मन्त्रालयको सिफारिस

समयपोष्ट २०७७ चैत २७ गते १२:००

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ ।

पछिल्लो समय बिद्यार्थीहरुमा कोरोना संक्रमण बढ्न थालेपछि मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको जानकारी दिए ।

यसैगरी मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन समेत सिफारिस गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको हो । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री