शनिबार, ८ वैशाख २०८१

पत्रकार महासंघ अर्घाखाँची शाखामा समयपाेष्टका सहसम्पादक खनाल प्यानल बिजयी

समयपोष्ट २०७७ चैत २६ गते १२:५५

Advertisement

लोकतान्त्रिक–व्यवसायिक गठबन्धनको अर्घाखाँची शाखामा समयपोष्टका सहसम्पादक अशोक खनालको प्यानल बिजयी भएको छ ।
खनाल नेतृत्वको समुहले प्रेस चौतारी समुहका गणेश खनालको समूहलाई पराजित गरेको हो । अर्घाखाँची अध्यक्षमा लोकतान्त्रिक प्यानलका खनालले ७२ मत ल्याएर निर्वाचित बनेका हुन् । उनका प्रत्यासी साझा प्यानलका खनालले ४२ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा बिरेन्द्र केसी ८१ मत, महिला उपाध्यक्षमा भगवता पाण्डे ७४ मत, सचिवमा बिनोद गैरे ८५ मत, कोषाध्यक्षमा रुद्रमणी भुसाल ७७ मत, सह-सचिवमा हृदय भुसाल ८४ मत प्राप्त गरेका छन् । सह-सचिव दलित तर्फ भने अनिल नेपाली निर्विरोध निर्वाचित बनेका छन् ।

 

त्यसैगरी खुला सदस्यहरुमा गोपाल भट्टराई ८० मत, अशोक चौहान ७९ मत, विष्णु खनाल ७६ मत, घनश्याम पौडेल ७५ मत, लक्ष्मण घिमिरे ७४ मत, जितेन्द्र खत्री ६९ मत, वसन्त बिक ७२ मत, बाबुराम रसाइली ७० मत, सागर परियार ७४ मत प्राप्त गरेका छन् ।

सदस्यमा अम्बिका श्रेष्ठ, सरिता भुसाल निर्विरोध निर्वाचित बनेका छन् । केन्द्रीय परिषद सदस्य बष्णु प्रसाद भुसाल ७९ मत र सुर्य प्रसाद भुसालले ७६ मत प्राप्त गरेका छन् । साथै सोही पदमा पार्वता श्रेष्ठ , मधुकुमार श्रेष्ठ निर्वाचित बनेका छन् ।

प्रदेश परिषद् सदस्य अशोक पौडेल, विजय केसी, कुशल भुसाल, देवेन्द्र कुवँर,मेहरसिंह केसी, गोमा भुसाल र कमल विष्ट निर्विरोध निर्वाचित भएका छन् । शाखामा कुल ११६ मत खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री