शनिबार, २२ वैशाख २०८१

आँचलका श्रीमान उदिपसंग नाम जोडिएकी सिपोराले किन लेखिन् यस्तो स्टेटस ?

समयपोष्ट २०७७ वैशाख ७ गते ९:४०

Advertisement

नायिका तथा भलिबल खेलाडी सिपोरा गुरुङ विश्वकै शक्तिशाली मुलुक अमेरिकामा छिन् । उनले हाल आफु शक्तिशाली मुलुकमा रहेपनि असुरक्षित महसुस गरिरहेको बताएकी छिन् । सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले लेखेकी छिन्– ‘कोरोनाले नदुखेको ठाउँ संसारमै सायदै होला । आफू शक्तिशाली देशमा भएर पनि असुरक्षित महसुश गर्नु आफैँमा विडम्बना हो । जीवन रहे संसार रहन्छ । जीवनसँगै मानवताको रक्षाका लागि जुटाैँ ।’

उनले, हरेक विपत्तीले एउटा न एउटा पाठ सिकाएर जाने भन्दै उनले चिन्तालाई छाडेर संसारकै हित हुने चिन्तमा लाग्न पनि अपिल गरेकी छिन् ।

यी नायिका तिनै हुन् जसको नाम एक समय नायिका आँचल शर्माका श्रीमान उदिप श्रेष्ठसंग जोडिएको थियो । फिल्म ‘भूईंमान्छे’ प्रदर्शनको समयमा अभिनेत्री सिपोराले आफू विगत २ वर्षदेखि उदिपको प्रेममा रहेको र २०७४ सालको मंसिरमा विवाह गर्ने तयारी भैरहेको समेत बताएकी थिइन् । तर, उनीहरुको प्रेम सम्बन्ध विवाहमा परिणत हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री