शनिबार, २२ वैशाख २०८१

प्रकृतीको यौवनावस्था : फूलै फूलको मौसम (फोटो फिचर)

समयपोष्ट २०७७ वैशाख ५ गते १०:४४

लालीगुराँस फूल

वसन्तको हरियालीसँगै फुलेका रङ्गीचङ्गी फूलले पैदलयात्री तथा स्थानीयबासीलाई थोरै भए पनि राहत र आनन्दको अनुभूति गराएको छ ।

Advertisement

धेरै गर्मी नहुने र धेरै जाडो पनि नहुने वसन्त यामलाई प्रकृतिको काँचुली फेर्ने ऋतुको रुपमासमेत चिनिन्छ । घरैघर, बंगलैबंगलाका बीचमा थोरै संख्यामा भए पनि मनै लोभ्याउने गरी फूलेका यी फूल आफैँ वसन्त ऋतुका ज्वलन्त उदाहरण हुन् ।

 गुलाफको फूल 

के हो वसन्त ऋतु

वसन्त ऋतु शिशिर ऋतु र गृष्म ऋतुको बिचमा आउने तथा ६ वटा ( पश्चिमी सभ्यतामा ४ वटा) ऋतुहरूमा मनमोहक ऋतु हो । वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ । हिन्दू धर्मको महान ग्रन्थ गीतामा भगवान श्री कृष्णले अर्जुनलाई “म ऋतुहरूमा वसन्त ऋतु हुँ” भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले बसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका पाइन्छन ।

पुटुनिया फूल 

बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ । हिन्दू महिनाहरूको २ महिना चैत्र र बैसाख महिना बसन्त ऋतु भित्र पर्दछन । बसन्त ऋतु सबैभन्दा राम्रो, रमाइला र मनमोहक ऋतु हो। बसन्त ऋतुमा सबै बोटबिरुवाहरुको पुरानो पात झर्‍छ र नयाँ पात पलाउँछ। बसन्त ऋतिमा जतात्यतै हरियाली हुन्छ। यो ऋतुलाई सबैले मन पराउँछ।त्यसैले यस ऋतुलाई ऋतुराज पनि भनिन्छ।

हलिहक फूल

Advertisement

भगवान श्रीकृष्णले भन्नु भएको थियो- ऋतुहरुमा म वसन्त हुँ । भगवान कृष्णले त्यस्तो भन्नुको कारण प्रकृतीको कण-कणमा बसन्त ऋतुको आगमनमा आनन्द र उल्लासले भरिन्छ । मौसमले पनि परिर्वतनको महसुस गर्दै आफ्नो चाललाई परिर्वतन गरेर मदमस्त हुन्छ । प्रेमी-प्रेमिकाको मन पनि धडि्कन थाल्छ ।

असर्फी फूल

वसन्त पञ्चमी मदनोत्सवको रुपमा पनि मनाइन्छ । कामदेवको दोस्रो नाम मदन हो । यो अवसरमा ब्रजभूमिमा भगवान श्रीकृष्ण र राधाको रास उत्सवलाई मुख्य रुपले मनाइन्छ । यो दिन कामिनी र काननमा आफैं यौवन उत्पन्न हुन्छ भन्ने कुरा औषधी ग्रन्थ चरक संहितामा उल्लेख गरिएको छ । त्यसैले यो ऋतुलाई प्रेमी-प्रेमिकाहरुले प्रेम दिवसको रुपमा पनि मनाउँछन् ।

केली फूल

वसन्त पञ्चमीको दिनदेखि प्रकृतिका समस्त पुराना कुराहरु हटेर जान्छन् र प्रकृतिले पुनः नयाँ श्रृंगार गर्छिन् । तोरीको फुलहरुले झुल्दै गीत गाउन थाल्छन् । कोइलीको कुहु-कुहु आवाज, फुलहरुमा मौरीहरुको भुन्भुनाउन थाल्छन् । मादकतायुक्त वातावरणले हरेकको मनमा विशेष स्फूर्ति बढ्न थाल्छ र प्रकृतिले आफ्नो नयाँ स्वरुपले सबैलाई लोभ्याउन थाल्छिन् ।

डेनथुस फूल

मूलतस्यो पर्व ज्ञानको देवी सरस्वतीको जन्मदिनको उपलक्ष्यमा मनाइन्छ । कवि, कथाकार, चित्रकार, गायक, संगीतकार र विचारकहरुका लागि यो दिन अति नै महत्वपूर्ण हुन्छ । यस दिन गरिएको सरस्वती देवीको ध्यान र पुजापाठले भक्तहरुको ज्ञान र शक्तिलाई बढाउँछ ।

पुतली फूल

जसलाई प्राणायामको ज्ञान छ, उसले यो मौसममा प्राणायाम गर्नुको महत्व के छ भन्ने कुरा राम्रोसंग बुझेको हुन्छ । यो मौसममा बहने शुद्ध र ताजा वायुले हाम्रो रक्त सञ्चारलाई सुचारु रुपमा चलाउन सहायक सिद्ध हुन्छ । मनमा भएको परिर्वतनलाई बुझ्दै ध्यान गर्नका लागि यो ऋतु सबैभन्दा उपयोगी ऋतु सिद्ध हुन सक्छ ।

सूर्यमुखी फूल 

गोदावरी पार्कमा फुलेका यी सवै फूलहरुको तस्वीर राससका फोटो पत्रकार प्रदीपराज वन्तले खिचेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री