शनिबार, २२ वैशाख २०८१

भाइरल बनेको सनीको त्यो फोटो र त्यो सपना

समयपोष्ट २०७७ वैशाख ४ गते ८:४६

Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै लकडाउन भारतमा ३ मईसम्म बढाउने घोषणा गरे । बलिउड उद्योगले उनको सो निर्णयलाई स्वागत गरेको छ । तर, नायिका सनी लियोनीले एक कदम अगाडि बढेर ४ मेसम्मको तयारी यसअघि नै गरेकी थिइन् ।

सनी लियोनीले इन्स्टाग्राममा आफ्नो दुई फोटो सेयर गरेकी छन् । फोटामा उनी सुन्दरबीचमा देखिएकी छन् । सामाजिक सञ्जालमा उनको त्यो फोटोको चर्चा भएको छ । फोटो सेयर गर्दै सनी लियोनीले लेखेकी छन्, ‘४ मेको सपना देखिरहेको छु ।’ उनी पनि छिट्टै देशले कोरोनाको संक्रमणबाट मुक्त पाओस् भन्नेमा छिन् । छिट्टै यसबाट मुक्ति पाएर लकडाउन खुलोस् र पुरानै अवस्थामा फर्कनका लागि उनी आतुर देखिन्छिन् ।

उनले सोसल मिडियामो यो फोटो सेयर गरेको धेरै समय भएको छैन । तर, केही घन्टामा नै उनको तस्बिरमा १ लाखभन्दा बढीले लाइक गरेका थिए । उसो त सनीको प्रत्येक फोटोले सोसल मिडियामा ट्रेड गर्दछन् । यतिबेला भारत लकडाउनमा छ । सनी लियोनी सोसल मिडियामा निकै सक्रिय देखिएकी छन् । केही दिनपहिले उनले एक भिडियोको माध्यमबाट फ्यानलाई आफ्नो सिग्नेचर स्पेट पनि सिकाएकी थिइन् । त्यो भिडिया उनको समर्थनले निकै मन पराए ।

खासमा यतिबेला सनी आफ्नो घरमा नै बन्द छिन् । उनी धेरैपटक यो विषय उजागर गरेकी छन् । उनले लकडाउनका कारण घरमै बस्नुपर्दा बोर भएको बताएकी थिइन् । उनी समर्थकहरूसँग कुरा गरेर मनोरञ्जनसमेत लिइरहेकी छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री