शनिबार, २२ वैशाख २०८१

नयाँ वर्षमा बैंकर अशोक शेरचनले ल्याए -‘सुनौलो बिहानी फर्किने छ’ (म्युजिक भिडियो)

समयपोष्ट २०७७ वैशाख १ गते १७:१७

Advertisement

नयाँ वर्षकाे अवसर पारेर बैंकर तथा गीतकार अशाेक शेरचनले ‘सुनौलो बिहानी फर्किने छ’ बाेलकाे गीत सार्वजनिक गरेका छन् ।

काेराेना भाइरस (काेभिड-१९)ले त्रस्त बनेका नेपालीमा आसा जगाउने शब्दले बनेकाे गीतकाे भिडियाे लकडाउन माझमै तयार गरिएकाे छ ।

बुढासुब्बा म्युजिकले सार्वजनिक गरेको गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रताप दास, प्रविशा आधिकारीको स्वर छ ।

अलिश कार्की र प्रमोद निर्वानको संगीत रहेको गीत शैलेन्द्र एम प्रधानले एरेन्ज गरेका हुन् ।

Advertisement

निर्देशक नितिन चन्दकाे निर्देशन रहेकाे म्युजिक भिडियोमा गीतकार शेरचनसहित कृष्टिना गुरुङ, पल शाह, प्रदीप खड्का, सन्तोष सेनसहित गायक र गायिकालाई देख्न सकिन्छ । कविता तथा गीत लेखमा सक्रिय शेरचन प्रभु बैंकका प्रमुख कार्यकारी अधिृकत (सीईओ) पनि हुन् ।

हेर्नुहोस् म्युजिक भिडियो

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री