शनिबार, २२ वैशाख २०८१

कविता : नयाँ वर्षको शुभकामना

समयपोष्ट २०७६ चैत २९ गते १८:०१

Advertisement

दण्ड पानी (प्रविण) भट्टराई

आउ नयाँ वर्ष तिमी खुशी र उल्लास बोकेर,
वर्ष २०७६ को यात्रा तेहीं रोकेर ।

झर्दै छन् पात पुराना अब ति रुखका,
अंकुराउंदै छन् पालुवा अब आए दिन अहो सुखका ।

आउ नयां वर्ष तिमी थप जोस जांगर लिएर,
जांदै छ पुरानो वर्ष मानव जातीलाई पिडा केही दिएर ।

Advertisement

फैलियो कोरोना जगतमा आज आगो नै सल्के सरी,
आउ नयाँ वर्ष तिमी भगाई देउ कोरोना, छाओस खुशी जगतभरी ।

कोइली बसी गाउन गीत पालुवामा लुकी अब,
यो पीडा कति भोग्नु अहो, अति भयो भगाई देउ कोरोेना सब ।

आउ नयाँ वर्ष तिमी उपहार केही बोकी, खुशी हुनेछौं यसैमा हामी,
सुख र शान्ति छाओस जगतमा, यात्रामा मात्र सीमित नभए है तिमी ।

पाखाभरी सप्तरंगी फुल फुले प्रफुल्ल छ जगतै,
मैत्री भाव जागोस सार जगतमा, अब ईश्र्या नबढोस है कतै ।

हो सृष्टि यो परमात्माको छैन काख पाख कोही,
एउटै आँगन हो नेपाल मिलीजुली बसौं है हामी सबै ।

भो नलुटौं देशलाई बनी भ्रष्ट र अनि बिगारी मति,
मरी जाँदा छैन लानु केही, आखिर सबैको यस्तै हो गति ।

सुध्रियोस बानी अनि नहोस है अब कसैको भ्रष्ट बुद्धि,
कपटी, स्वार्थी र धर्मछाडाहरुको गरी देउ नयाँ वर्ष आत्मशुद्धि ।

हत्या र हिंसा नहोस कत्ति जगतमा शाान्ति रहोस,
यहि कामना छ नयाँ वर्ष तिमीसंग खुसी सबैमा छाओस ।

बित्यो त्यसै वर्ष ०७६ परिवर्तनकै आशामा,
फैलियो महामारी भयौं बन्दी आफै, लाग्यो ढुँगा अन्तिम गासमा ।

बिदा हुनै लाग्यो पुरानो वर्ष छैनन् दिन धेरै अबत,
हटाई देउ कालो बादल अनि रोगब्याधी सबै, आउ नयाँ वर्ष गछौं आमी न्यानो स्वागत ।

स्वर्ग जस्तै छ मेरो देश बलेको छ धपक्क, छैन यहां कुनै अभाव,
मिलीजुली बसौं हामी छैन कोही पराई, राखौं सबैमा सद्भाव ।

बनोस देश हाम्रो विश्वमा नै उत्कृष्ट छ मेरो यहि चाहना,
सबै सुखी र खुसी बन्न सकौं नयाँ वर्षको सबैमा यहि शुभकामना,
नयाँ वर्षको सबैमा यहि शुभकामना ।

चैत २९, २०७६
कालोपुल, काठमाडौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री