मंगलबार, २५ वैशाख २०८१

आलियाका कारण दीपिकाले मागिन् माफी

समयपोष्ट २०७५ चैत १३ गते १२:२७

Advertisement

आलिया भट्टले अवार्ड हात पारेपछि दीपिका पादुकोणले आफ्ना फ्यानहरुसँग माफि मागेकी छन् । भर्खरै सम्पन्न भएको फिल्मफेयर अवार्ड कार्यक्रममा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड आलिया भट्टलाई दिएपछि दीपिकाले आफ्ना फ्यानसँग माफि मागेकी हुन् ।

मंगलबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पछिल्लो समय रिलीज भएको उनको फिल्म ‘पद्मावत’ बाट उनलाई सर्वोकृष्ट अभिनेत्रीको अवार्ड नमिलेको प्रति दुख व्यक्त गर्दै माफि मागेको बताएकी छिन् ।

फिल्म ‘पद्मावत’ बाट दीपिकालाई सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड नदिएपछि उनका फ्यानहरुले पनि सामाजिक सञ्जालमा विरोध जनाइरहेका छन् । उनीहरुले आयुष्मान खुराना र रणबीर कपूरलाई सर्वश्रेष्ठ अभिनेताको अवार्ड दिइँदा दीपिकालाई सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड नदिइनु पक्षपात भएको बताएका छन् ।

आफ्ना असन्तुष्ट समर्थकहरुलाई सम्बोधन गर्दै दीपिकाले हात जोड्दै सबैलाई निराश बनाएकोमा दुख व्यक्त गरेकी छिन् । र, उनले अब आउने नयाँ फिल्ममा धेरै परिश्रम गर्ने बाचा समेत गरेकी छिन् ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री