मंगलबार, २५ वैशाख २०८१

किन आत्माहत्या गर्न चाहन्छन् उदय चोपडा ?

समयपोष्ट २०७५ चैत १० गते १२:१५

Advertisement

बलिउड अभिनेता उदय चोपडाले आफ्नो मनमा आत्महत्या गर्ने विचार आइरहेको बताएका छन् ।

बलिउड सिने जगतका चर्चित फिल्म निर्देशक यश चोपडाका कान्छा छोरा उदयले एक ट्विट गर्दै बाच्नुको कुनै विकल्प नभएको बताएका हुन् । यद्यपि, उनले आफ्नो उक्त ट्विट हटाएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘मैले केही घण्टाका लागि आफ्नो ट्वीटर अकाउन्ट डी एक्टिभेट गरेको थिएँ । मैले मृत्यु नजिक भएको महसुस गरेँ । यो अभूतपूर्व थियो । मलाई लाग्छ कि आत्महत्या गर्ने यो राम्रो विकल्प हो । म चाँडै नै स्थायी रुपमा यसो गर्न सक्छु ।’

उनले अर्को पोष्टमा लेखेका छन्, ‘म ठिक छैन । मैले कोसिस गरिरहेको छु तर असफल भइरहेको छु ।’ तर पछि उनले यी ट्वीट डिलिट गर्दै नास्तिकताको विषयमा अर्को एउटा ट्वीट गरे ।

Advertisement

उनले लेखे्, ‘यो एक विचार होः तपाईं मेरो टाउकोमा बन्दुक राखेर मलाई भगवानमाथि विश्वास गर्न बाध्य बनाउन सक्नुहुन्छ । म हो पनि भन्न सक्छु किनभने म बाँच्न चाहन्छु । तर म केमा विश्वास गर्छु र मेरो दिमागमा के चलिरहेको छ भनेर तपाईंलाई कसरी थाहा हुन्छ । यो भगवानलाई समेत थाहा हुँदैन । यसको सबैभन्दा ठूलो कारण यो हो कि यो काल्पनिक हो ।’

फिल्म मोहब्बतेंबाट बलिउड डेब्यू गरेका उदयको फिल्मी करियर ठिक रहेन । उनी अन्तिम पटक २०१३ मा रिलिज भएको ‘धूम थ्री’ मा देखिएका थिए । त्यसपछि उनले अहिलेसम्म कुनै फिल् गरेका छैनन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री