मंगलबार, २५ वैशाख २०८१

नेपालकी बुहारी बन्दै श्रद्धा कपुर

समयपोष्ट २०७५ चैत ८ गते १४:०५

Advertisement

बलिउड अभिनेत्री श्रद्धा कपुर र नेपाली युवा फोटाग्राफरको प्रेम सम्बन्धबारे आजकाल बलिउडमा निकै चर्चा छ । भारतीय मिडियालाई विश्वास गर्ने हो भने श्रद्धा बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा रोहन श्रेष्ठसँग प्रेमसम्बन्धमा छिन् ।

श्रद्धा अर्को वर्षसम्म आफ्ना प्रेमी सेलिब्रिटी फोटोग्राफर श्रेष्ठसँग विवाह गर्न सक्ने नवभारत टाइम्सले जनाएको छ । बलिउड बबलका अनुसार श्रद्धा गत एक वर्षदेखि रोहनसँग डेट गरिरहेकी छिन् । दुबैले एक अर्कालाई लामो समयदेखि चिन्छन् ।

३४ वर्षे रोहनको मूलघर काठमाडौं हो । उनका बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् । फोटोग्राफीमा रुची राख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भए ।

रोहनको जन्म भारतको मुम्बईमा भएको हो । उनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए । उनले बुवाको पेशालाई पछ्याउँदै आफू पनि यही क्षेत्रमा स्थापित भए । रोहनले फिल्मफेयर, इन्डिया जिक्यू, फेमिना, कस्मोपोलिटन, पिपल आदिका कभर फोटोसुट गरिसकेका छन् । उनले बलिउडका शीर्ष कलाकारको फोटोसुट पनि गरिसकेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री