शनिबार, २२ वैशाख २०८१

बर्डफ्लूका कारण धवलागिरिमा कुखुरा आयातमा रोक

समयपोष्ट २०७५ चैत ८ गते १३:२१


कास्कीलगायतका छिमेकी जिल्लामा बर्डफ्लू देखिएपछि धवलागिरिमा कुखुरा आयातमा रोक लगाइएको छ । केही दिनयता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वतसहित साविक धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत कुखुरा आयतमा रोक लगाइएको हो ।

Advertisement

पोखरा–बागलुङ सडकको धवलागिरि प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पक्षीजन्य वस्तु आयातमा रोक लगाइएको कुश्मा नगरपालिकाका पशु चिकित्सक राम्जीप्रसाद पौडेलले जानकारी दिनुभयो । कास्की, चितवन, मकवानपुरलगायतका जिल्लामा कुखुरामा बर्डफ्लू भेटिएपछि यस क्षेत्रमा रोग फैलन नदिन आयातमा रोक लगाइएको पशु चिकित्सक पौडेलको भनाइ छ ।

डिमुवाबाट बुधबार मात्रै चितवन र पोखराबाट कुखुरा बोकेर आएका दुई गाडी सम्बन्धित क्षेत्रमा फिर्ता पठाइएको छ । कुश्मा र म्याग्दी तथा जोमसोमतर्फ बिक्रीका लागि लगिँदै गरेका कुखुरा नियन्त्रणमा लिएर फिर्ता पठाइएको हो ।
कास्कीमा बर्डफ्लू देखिएपछि पर्वतसहितका छिमेकी जिल्ला पनि उच्च जोखिममा रहेका छन् । छिमेकी जिल्लाबाट पक्षीजन्य उत्पादन बिक्रीका लागि ल्याउन केही समयका लागि नदिने र यस क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री