शुक्रबार, ७ वैशाख २०८१

विमानस्थलमै देखियो उपप्रधामन्त्रीको मर्यादाक्रम विवाद

समयपोष्ट २०७३ चैत १७ गते २:५२

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन जानेक्रममा नै निम्त्याइदिएका कार्यबाहक को हुने भन्ने विवाद उनी फर्कने क्रममा झन सतहमा आएको छ । 
त्रिभुवन विमानस्थलमा संचारकर्मीको क्यामरा सामुन्ने नै विवाद सार्वजनिक भएको हो । साताव्यापी चीन भ्रमण सकेर फर्केका प्रधानमन्त्रीलाई स्वागत गर्न मर्यादाक्रममा उभिदा यस्तो देखिएको हो ।
सभामुख ओनसारी घर्तिपछि उपप्रधानमन्त्रीत्रय कमल थापा, विमलेन्द्र निधि र कृष्णबहादुर महरा लहरबद्ध थिए । निधीले थापासँगै नहरने निर्णय गर्दै महरालाई त्यसतर्फ आउन आग्रह गरे । अनि भयो ठाँउ सारी ।
‘महराजी तपाई बरिष्ठ ब्यक्ति यता बस्नुस’ निधिले ब्यंग्यात्मक शैलीमा भने । थापा भने शान्त हुँदै सभामुखको छेउमा अडिग रहे । महरापछि उभिएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहार बलदेवले पनि महरालाई थापाको छेउमा पठाए ।
निधिले पनि हातमा समाउदै बस्न लगाए । यसपछि सभामुखपछि क्रमश: थापा, महरा र निधि लहरै भए । सबैभन्दा ठूलो दलको नेतृत्व गरेर सरकारमा गएका र कार्यबाहक समेत भइसकेको नाताले निधीलाई कार्यबाहक दिनुपर्ने कांग्रेस सभापति शेरबाहादुर देउवाको समेत अडानबाट समेत पछि हटै दाहाल चीन गएका हुन । थापाको घुर्की र सरकार ढल्न सक्ने आशंकाले उनले विवाद सहतमा छोडेका हुन् । विवाद लुकाउन दाहालले त्यसो गरे पनि बुधबार विमानस्थलमा संचारकर्मीमाझ नै यो ‘सतहमा’ आयो । आजको कान्तिपुर दैनिकबाट 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री