शुक्रबार, १६ चैत २०८०

 ग्राण्डीमा निःशुल्क पित्त थैलिको पत्थरी परिक्षण शिबिर संचालन हुँदै

समयपोष्ट २०७३ चैत १६ गते ६:३०

काठमाडौँको धापासी स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क पित्त थैलिको पत्थरी परिक्षण शिबिर संचालन गर्ने भएको छ । अस्पतालले यही चैत्र २० गते आईतबार देखी चैत्र २५ गते शुक्रबारसम्म निःशुल्क पित्त थैलिको पत्थरी परिक्षण शिबिर संचालन गर्ने भएको हो ।

Advertisement

अस्पताल परिसरमै सञ्चालन हुँने शिबिरमा बिहान ८ बजेदेखी मध्यान्ह १२ बजेसम्म निःशुल्क अल्ट्रासाउण्ड गरी पित्त थैलिको पत्थरी परिक्षण र मध्यान्ह १२ बजेदेखी अपरान्ह ३ बजेसम्म निःशुल्क सर्जनसँग परामर्श गर्न सकिनेछ ।

शिबिरमा सुलभ मूल्यमा पित्त थैलिको पत्थरीको शल्यकृया (ल्याप कोलिसिस्टेक्टोमी) प्याकेजको समेत ब्यबस्था गरिएको अस्पताले जनाएको छ । प्याकेजमा प्रि अपरेटिभ जाँच, यस सम्बन्धि बिभिन्न परिक्षणहरु, अस्पताल भर्ना र शल्यकृया समाबेस गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री