मंगलबार, ११ वैशाख २०८१

न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा दिएका छौं

समयपोष्ट २०७३ चैत १४ गते ५:२६

 हाम्रो विद्यालयप्रति आमअभिभावकहरूले राम्रो प्रतिक्रिया जनाएका छन् । हामीले विद्यालयलाई ब्यवसायका रूपमा नभई सेवा दिने अभिप्रायले सञ्चालनमा ल्याएका हौं । त्यसमा पनि समयसापेक्ष, व्यावसायिक र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान् विद्यार्थी उत्पादन गर्नु हाम्रो मुख्य उद्देश्य रहेको छ । हाम्रो विद्यालयको शिक्षकहरू पनि दक्ष, अनुभवी र बालमनोविज्ञानलाई क्याच गरेर पढाउन सक्ने हुनुहुन्छ । यति हुँदाहुँदै पनि हामीले बेलाबेलामा शिक्षकहरूका लागि आवश्यक ट्रेनिङ, वर्कसपहरू चलाउँदै आएका छौं । अनुभवी र शिक्षा क्षेत्रकै पृष्ठभूमिबाट आएका शिक्षक शिक्षिकाहरूले गर्दा पनि हामी विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सक्नेमा विश्वस्त छांै । 

Advertisement

विद्यालयको भौतिक पूर्वाधारको कुरा गर्दा हामीसँग भूकम्प प्रतिरोधी भवन छ । त्यस्तै कक्षाकोठामा टिचर र बालबालिकाहरूबीच भएका गतिविधिहरूलाई नियाल्न सकियोस् भनेर प्रत्येक कक्षामा सिसिक्यामेरा जडान गरेका छौ ।  बालबालिकालाई बढी व्यावहारिक शिक्षामा जोड दिनुपर्ने हुँदा पढेका हरेक कुराहरूलाई हामी उनीहरूलाई नै सहभागी गराएर सिकाउँछौं । समय–समयमा हाम्रा विद्यार्थीको फिल्ड भिजिटहरू हुनेगर्छ । जनावरको विषयमा पढाउँदा उनीहरूलाई हामी चिडियाखाना लैजान्छांै । यससँगै अतिरिक्त क्रियाकलापहरू त हुने नै भयोे । त्यसमा हाम्रा विद्यालयका सम्पूर्ण विद्यार्थीको सहभागिता रहन्छ । वार्षिक कार्यक्रमहरूमा प्ले ग्रुपदेखि माध्यमिक तहका सम्पूर्ण विद्यार्थीले सहभागिता जनाउँछन् । जसले गर्दा उनीहरूमा सानै देखि ठूलो जनसहभागिता भएको ठाउँमा बोल्ने बानीको विकास हुन्छ । उनीहरूमा आत्मविश्वास बढाउन त्यस किसिमको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छ । 

हामीले विद्यार्थीलाई प्रदान गर्ने शिक्षा सहभागितामूलक हो । प्रत्येक विद्यार्थीसँग कक्षामा टिचरले अन्तक्रियात्मक रूपमा विद्यार्थीलाई सिकाउँछन् । हरेक विद्यार्थीलाई कक्षामा बोल्न प्रेरित गरिन्छ । प्रश्न सोध्ने बनाइन्छ । कक्षामा उसको पर्फमेन्सका आधारमा विद्यार्थीको मूल्यांकन हुन्छ । हामीले विद्यार्थीलाई पढाउने नेपाल सरकारकै पाठ्यक्रम हो तर हाम्रो पढाउने शैली अन्य विद्यालयको भन्दा फरक छ । सम्पूर्ण रूपमा अहिलेको आधुनिक प्रविधिसँग विद्यार्थीलाई जोड्दै, प्रविधिमैत्री बनाएर हामीले कक्षा सञ्चालन गरिरहेका छांै । यस विद्यालय सञ्चालनमा आएको केही वर्षमात्र भएको छ र पनि हामीले विद्यार्थीका अभिभावकलाई जुन सन्तुष्टि दिन सफल भएका छौं, त्यो हाम्रा लागि खुसीको कुरा हो । हाम्रो विद्यालयमा सबै किसिमका अभिभावकहरूले अध्यापन गराउन सक्ने शुल्क हामीले निर्धारण गरेका छौं । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा हामी अगाडि बढिरहेका छौं । शिक्षा क्षेत्र भनेको अत्यन्तै मर्यादित र जिम्मेवार पेसा हो । भोलिको देश कस्तो बनाउने भन्ने आजको विद्यार्थीको हातमा हुने हुँदा यस क्षेत्रलाई सामान्य ढंगले हेरिनुहुँदैन । 

संस्थागत विद्यालयले आर्थिकदेखि अन्य कुराहरूमा सरकारलाई निकै नै टेवा पुर्याईरहेका छन् । सरकारीस्तरमा सञ्चालन भएका विद्यालयप्रति अझै पनि आमअभिभावकहरूले विश्वास गर्न सकिरहेको अवस्था छैन । यस्तो अवस्थामा आजको विश्वलाई च्यालेन्ज गर्न सक्ने क्षमतावान्, संसारको हरेक कुनामा गएर प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने भनेका अन्ततः संस्थागत विद्यालय नै हुन् । यसमा राज्यले संस्थागत विद्यालयलाई विभेद नगरीकन यो पनि हाम्रा एक अंग हो भन्ने ढंगले सोच्न जरुरी छ । संस्थागत विद्यालय अथवा सरकारी विद्यालयको एउटैमात्र उद्देश्य भनेकै असल विद्यार्थी उत्पादन गर्नु हो । आजको विद्यार्थीको हातमा नै भोलिको देशको भविष्य निर्धारण हुने गर्छ । यसकारण राज्यले संस्थागत विद्यालयसँग पनि समन्वय गरी अगाडि बढ्दा त्यो प्रभावकारी हुन जान्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री