बिहीबार, १५ चैत २०८०

ओप्पोद्वारा डुअल सेल्फी क्यामेरासहित नयाँ सेल्फी एक्स्पर्ट एफथ्री प्लस सार्वजनिक

समयपोष्ट २०७३ चैत १३ गते ५:००

ओप्पोले नयाँ सेल्फी एक्स्पर्ट एफथ्री प्लस सार्वजनिक गरेको छ । यसमा डुअल सेल्फी क्यामेरा रहेको छ । यसमा १ सय २० डिग्री वाइड एङ्कल सहितको गु्रप सेल्फी क्यामरा उपलब्ध गराएको छ ।
पहिलो चरणअन्तर्गत भारतलगायत इन्डोनेसिया, फिलिपिन्स, भियतनाम र म्यानमारमा कार्यक्रम आयोजित गरी कम्पनीले नयाँ फोन सार्वजनिक गरेको हो ।
फोन सार्वजनिकका लागि आयोजित कार्यक्रममा ओप्पोका लागि नयाँ ब्रान्ड एम्बेसेडर युथ आइकन तथा बलिउड स्टार दीपिका पादुकोण र चिरपरिचित फोटोग्राफर डब्बु रत्नानीले आफ्नो सेल्फी अनुभव पनि साटेका थिए ।

Advertisement

फोनको बिक्रीका लागि कम्पनीले नेपाली बजारमा मार्च २४ देखि प्री बुकिङ सुरु गर्ने जानकारी दिएको छ । यसमा १६ मेगा पिक्सेल क्षमतासहितको क्यामेराका साथै गु्रप सेल्फीका लागि १ सय २० डिग्री वाइड एंगल लेन्स उपलब्ध गराएको छ ।
नयाँ फोनमा कम्पनीले १÷३ इन्च सेन्सर उपलब्ध गराएको छ । यसले तस्बिर खिच्दा पर्याप्त प्रकाशको व्यवस्था गर्दै उत्कृष्ट फोटो खिच्न सघाउँछ । गु्रप सेल्फीका लागि फोनमा ८ मेगा पिक्सेल क्षमताको १ सय २० डिग्री वाइड एंगलसहितको विशेष क्यामरा उपलब्ध गरिएको छ । यसमा ४ हजार एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको छ ।  यसले २ सय ८४ घण्टाको स्ट्यान्डबाई टाइम दिने कम्पनीले जानकारी दिएको छ । कम्पनीको भीओओसी फ्ल्यास चार्जिङ समाधान उपलब्ध गरिएका कारण यो फोन साधारण ब्याट्रीका तुलनामा ४ गुणा चाँडै चार्ज हुन्छ ।
कम्पनीका अनुसार प्रयोगकर्ताले मात्र ५ मिनेट ब्याट्री चार्ज गरी २ घण्टासम्मको टक टाइम पाउन सक्छन् । ओप्पो एफथ्री प्लसमा ४ जीबी ¥याम र ६४ जीबी रोमका साथै ओक्टा कोर प्रोसेसर उपलब्ध रहेको छ । उपभोक्ताले अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसलाई २ सय ५६ जीबीसम्म माइक्रो एसडी कार्डको माध्यमबाट बढाउन सक्ने सुविधा पनि उपलब्ध रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री