शुक्रबार, ७ वैशाख २०८१

भलिबल प्रतियोगिताको लागि बैदेशिक रोजगारीमा गएका नेपाली युवाहरुले गरे आर्थिक सहयोग

समयपोष्ट २०७३ चैत ११ गते १३:२३

ओखलढुंगाबाट रोजगारीका लागि मलेसिया गएका युवाहरुको संस्था ‘ओखलढुंगा एकता समाज मलेसिया’ले द युथ पावर नेपालद्धारा आयोजना हुने खुला पुरुष भलिबल प्रतियोगिताको लागि ८२ हजार दुईसय २१ रुपैया सहयोग गरेकाछन् । समाजका काठमाडौ संयोजक सुजन घिमिरेमार्फत उनीहरुले सो सहयोग गरेकाहुन् । 
उक्त रकम शुक्रबार ओखलढुंगा क्षेत्र नम्बर दुइका सभाषद तथा नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले द युथ पावर नेपालका खेलकुद संयोजक विजय बस्नेतलाई हस्तान्तरण गरे । ओखलढुंगाबाट रोजगारीका लागि मलेसिया पुगेका युवाहरुले आफ्नो कमाइबाट बचाएर ओखलढुंगास्थित गाम्नाङ्गटारमा चैत १५ गते सञ्चालन हुने भलिबल प्रतियोगिताको लागि सहयोग गरेकाहुन । 
समाजका अध्यक्ष हिराबहादुर थापा र कोषाध्यक्ष शिवकुमार घिमिरेको पहलमा मलेसियामा उक्त रकम संकलन गरेर प्रदान गरिएको हो । कार्यक्रममा नेता खतिवडाले खेलकुद विकासको लागि ओखलढुंगाबाट रोजगारीको सिलसिलामा मलेसिया गएका युवाहरुले आफ्नो गाँस कटाएर सहयोग गर्नु ठूलो योगदान भएको बताए । उनले खेलकुदको विकास गर्न सके देशलाई थप चिनारी दिनसक्ने धारणा व्यक्त गरे । 
कार्यक्रममा स्थानीय युवा प्रकाश घिमिरे तथा रञ्जन खड्काले नेपालमा हाल खेलकुद पक्ष पछाडी परेको भन्दै सबै पक्ष एक भएर खेलकुदलाई अघि बढाउनुपर्नेमा जोड दिए । 
चैत १५ देखि सञ्चालन हुने भलिबल प्रतियोगितामा प्रथम पुरस्कार एकलाख ११ हजार एक सय ११ साथै प्रमाणपत्र र सिल, दितिय ६६ हजार ६ सय ६६ , तृतिय ३३ हजार तीनसय ३३ र सान्तोना ११ हजार एकसय ११ प्राप्त गर्नेछन । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री