बिहीबार, ११ मंसिर २०७७

सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर सेवा

समयपोष्ट २०७३ चैत ११ गते ५:१३

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले  आफ्नो सेवामा थप गर्दै टोखा, काठमाडौंबाट चौथो एक्सटेन्सन् काउन्टरको शुरुवात गरेको छ । बैंकले उक्त काउन्टरबाट राजश्व संकलन लगायत त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पु¥याउने उद्देश्य राखेको जनाएको छ ।

Advertisement

बैंकको सञ्चालक समितिको चैत र्नौ गते बसेको बैठकले चैत्र ३१ मा छैटौ साधारण सभा गर्ने र उक्त सभामा १०५ बोनस शेयर प्रदान गर्ने र ४०५ हकप्रद शेयर जारी गर्न स्वीकृती लिने प्रस्ताव पनि गरेको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको चालू आ.व.को दोस्रो त्रैमासमा संचालन मुनाफ्mा रु. ३२ करोड ७४ लाख तथा खुद मुनाफा रु. २२ करोड ३९ लाख रहेको छ । बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमास भन्दा २०१.५० प्रतिशतले वृद्धि भएको छ । हाल सेञ्चुरी बैंककोे चुतmा पूँजी रु. ३.६८ अर्व रहेको छ । त्यसैगरी, चालु आ.व.को दोस्रो त्रैमासमा बैंकले रु. ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी रु. २९ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ ।
२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ४ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, ४ वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गरेपछि बैंकको शाखा संजाल ९० वटा हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री