शुक्रबार, १४ वैशाख २०८१

चिनियाँ रक्षामन्त्री नेपाल आउँदै

समयपोष्ट २०७३ चैत १० गते ४:४५

चिनियाँ रक्षामन्त्री चाङ वाङक्वान आज नेपाल आउँदै छन् । तीनदिने भ्रमणका लागि  पौने एक बजे नेपाल अवतरण गर्ने वाङक्वानले आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता कार्यक्रम तय भएको छ । चिनियाँ रक्षामन्त्रीसँगको भेटपछि प्रधानमन्त्री दाहाल चीन जाने छन् ।  दुई देशका रक्षामन्त्रीबीच सेनाको सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । शुक्रबार चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि र प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री