शुक्रबार, १६ चैत २०८०

यतीको  ‘जोडौं एक नाता खोली बैंकमा खाता’ अभियान सुरु

समयपोष्ट २०७३ चैत ९ गते ६:४८

यती डेभलपमेन्ट बैंकले 'जोडौं एक नाता खोली बैंकमा खाता' भन्ने नारा सहित चेतनामूलक कार्यक्रम सुरु गरेको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गरी सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरताका लागि सो कार्यक्रम सुरु गरेको जानकारी दिएको छ । अभियानका क्रममा बैंकले ग्रामिण क्षेत्रहरुमा बैंकिङ र बचतको महत्वबारे जानकारी दिन चेतनामूलक कार्यक्रम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले ग्रामिण भेगका महिला समूह, सरकारी विद्यालय तथा शिक्षाको पहुँच कम भएका क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री