शुक्रबार, १४ वैशाख २०८१

‘मिस नेपाल’का लागि खुल्यो आवेदन

समयपोष्ट २०७३ चैत ९ गते ५:४५

 

‘मिस नेपाल’को आयोजक संस्था हिडन ट्रेजरले नयाँ ‘मिस नेपाल’को संकरणका लागि आवेदन खुला गरेको छ । प्रतियोगितामा सहभागी हुन चाहनेहरुले आउँदो चैत ३१ गते भित्र हिडन ट्रेजरको कार्यालय कुपण्डोलमा आवेदन दिन सक्ने हिडन ट्रेजरले जनाएको छ । आवेदन र्फम मिस नेपालको वेबसाईटबाट पनि डाउनलोड गर्न सकिने छ । प्रतियोगितामा १९ देखि २४ वर्षसम्मका ५.४ फिटदेखि माथि उचाई भएका अविवाहित युवतीले भाग लिन पाउनेछन् । आयोजक संस्थाले काठमाडौं, धरान, पोखरा, चितवन र धनगढीमा अडिसन लिने जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री