शुक्रबार, १४ वैशाख २०८१

प्राकृतिक सम्पदामा असर पुग्ने गरी काम नगर्न वातावरण समितिको निर्देशन

समयपोष्ट २०७३ चैत ९ गते ५:२२

व्यवस्थापिका संसद्को वातावरण समितिले बनाउँदा प्राकृतिक सम्पदा तथा जैविक विविधतामा असर पुग्ने गरी काम नगर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

Advertisement

समितिले लुम्बिनी तथा निजगढ विमानस्थल निर्माण गर्दा विकासको नाममा वातावरण बिगार्ने गरी काम सम्पन्न नगर्न मन्त्रालयलाई सुझाव दिएको हो । 

अधिकांश विकास आयोजना सञ्चालन गर्ने नाममा वन विनास, अव्यवस्थित तवरले ढुंगा–गिट्टी उत्खनन तथा जैविक विविधता लगायतका कामबाट प्राकृतिक सम्पदा तथा जैविक विविधतामा असरपर्न गएकाले वातावरणमैत्री तरिकाले विमानस्थल निर्माण गर्न समितिले सुझाव दिएको छ । 

यसैगरी पर्यटन मन्त्रालयले पर्यापर्यटन विकास, भ्यू टावर तथा विमानस्थल निर्माणमा वन क्षेत्रले बाधा सिर्जना गरेको जनाएको छ । मन्त्रालयले आगामी दिनमा वातावरणमैत्री पर्यटन विकासलाई अगाडि बढाउने बताउँदै आफूहरूले वातावरण विनास गर्ने गतिविधि नगरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री