शनिबार, १५ वैशाख २०८१

प्रभु इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद ३० चैतबाट

समयपोष्ट २०७३ चैत ८ गते ६:२८

प्रभु इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद निकाष्सन चैत ३० गतेदेखि गर्ने भएको छ ।  कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ताको अनुपातमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको बराबरको एक सय रुपैँया अंकित दरका १९ लाख २५ हजार ७८.८१ कित्ता हकप्रद निकाल्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Advertisement

 हकप्रद सेयरमा प्रभु क्यापिटल कमलादी, प्रभु बैंकका शाखा कार्यालयहरुबाट आवेदन दिन पाइने क्यापिटलले जनाएको छ ।चुक्ता पुँजी ३८ करोड ५० लाख रहेको कम्पनीको चुक्ता पूँजी हकप्रदपछि ५७ करोड ७७ लाख नाघ्नेछ । कम्पनीले हकप्रद प्रयोजनका लागि चैत ६ गते सेयरधनी पुस्तीका बन्द गरिसकेकाले सो भन्दा अगाडि कम्पनीको सेयर किनेका लगानीकर्ताले पचास प्रतिशत हकप्रद भर्न पाउनेछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री