शुक्रबार, १६ चैत २०८०

‘अमेरिकी सेनाको सहयोग उच्च साझेदारीको नमूना’

समयपोष्ट २०७३ चैत ८ गते ६:०९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  गत भुकम्पका बेला प्राप्त अमेरिकी सेनाको सहयोग उच्च साझेदारीको नमूना भएको भएको बताएका छन । 
मंगलबार बिहान बालुवाटारमा यूएस प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारी बि ह्यारिजसंगको भेटमा उनले उक्त कुरा बताएका हुन ।
उनले भुकम्पपछि नेपालका गाउँहरुमा उद्धार कार्यमा खटिँदा आफ्नो ज्यान गुमाउने ६ जना मरिने सेनाप्रति श्रद्धान्जली प्रकट गर्दै शोकाकूल अमेरिकी सेनामा समवेदना प्रकट गरे । भेटमा प्रधानमन्त्रीले नेपालको सुरक्षासहित अन्य क्षेत्रमा अमेरिकाले पुर्याएको सहयोगप्रति हार्दिक आभार व्यक्त गरे । 
प्रधानमन्त्रीले नेपाल र अमेरिकाबीच ७० बर्षदेखि नजिकको सम्बन्ध रहेको बताउँदै नेपालको विकास, सुरक्षा र सामाजिक सुधारका क्षेत्रमा अमेरिकाले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । 
उनले आगामी दिनमा पनि अमेरिकासँग विगतको झैं सहकार्यको अपेक्षा गरे । भेटमा यूएस प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारी बि ह्यारिजले नेपालसँग अमेरिकाको नजिकको सम्वन्ध रहेको बताउँदै अमेरिकी सेनाको समेत आत्मीय सम्वन्ध रहेको बताए । उनले नेपाली सेनासँगको सहकार्य वारे जानकारी दिँदै नेपालको स्टाफ कलेजमा अमेरिकन सेनाले पढ्ने गरेको तथा नेपालवाट माउण्टेन वार फेर सिक्न पाएकोमा धन्यवाद दिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री