शुक्रबार, ७ वैशाख २०८१

इन्भेष्टमेण्टले एस डेभलपमेण्ट बैंकलाई एक्वायर गर्न

समयपोष्ट २०७३ चैत ७ गते ६:५०

नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई एक्वायर गर्ने भएको छ । बैंकले १ बराबर 0.४१ सेयर स्वाप रेशियोमा एस डेभलपमेण्ट बैंकलाई खरिद गर्न लागेको हो । एक्वायर पश्च्यात एस डेभलपमेण्ट बैंकका लगानीकर्ताले आफ्नो १ सय कित्ता शेयर बराबर इन्भेष्टमेण्ट बैंकको ४१ कित्ता शेयर पाउने बैंकले जनाएको छ । 

Advertisement

एस डेभलपमेण्ट बैंकसंग एक्वायर भएपछि इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी झण्डै ९ अर्ब २० करोड पुग्नेछ । बैंकको आठ अर्ब ७० करोड चुक्ता पूँजी रहेको छ । इन्भेष्टमेण्ट  बैंकले पुषमसान्तसम्मा एक अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । एसले अर्धबार्षिक अवधिमा १२ करोड ९८ लाख रुपैँया खुद नाफा गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री