शुक्रबार, १४ वैशाख २०८१

उपप्रधानमन्त्री भन्छन् : स्थानीय निर्वाचन निर्धारित समयमै हुन्छ

समयपोष्ट २०७३ चैत ६ गते ७:२१

उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुँने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले वैशाख ३१ गते हुने निर्वाचन सम्पन्न गर्न सरकारले तीव्र तयारी गरिहेको बताए । थापाले स्थानीय तहको सङ्ख्या, आकार परिवर्तन मात्रै नभई नयाँ संरचनानुसार स्थानीय तह बढी अधिकारसम्पन्न भएको बताउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचनमा सहभागी हुन आह्वान समेत गरे । 

Advertisement

उनले अहिले सहमति हुन सक्ने विषयमा सहमति गर्न र अन्य विषयमा भविष्यमा सहमति हुने गरी मध्यमार्गी बाटो अपनाएर निर्वाचनमा सहभागी हुन मोर्चालाई आह्वान गरे । आधुनिक नेपालको निर्माणपछि स्थानीय सरकारको वास्तविक अवधारणानुरुप निर्वाचन हुन गइरहेको बताउँदै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले निर्वाचन आयोग युद्धस्तरमा निर्वाचनको तयारीमा जुटेको र दलहरु निर्वाचनतर्फ अग्रसर भइरहेको अवस्थामा मधेसी मोर्चालाई अलग नहुन आग्रह गरे। 

सञ्चारकर्मीसँग कुरा गर्दै थापाले निर्वाचन आयोगले आफ्ना पार्टीको नीतिमा निषेध गरेका विषय स्वीकार नभएको स्पष्ट गर्दै सो विषयमा औपचारिक रुपमा आयोगलाई ज्ञापनपत्र बुझाउने तयारी भइरहेको जानकारी गराए ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री