बिहीबार, १३ वैशाख २०८१

यती र महालक्ष्मी विकास बैंक मर्ज हुँने,नेप्सेमा कारोबार रोकियो

समयपोष्ट २०७३ चैत २ गते ७:५९

यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक आपसमा गाभिने भएका छन् । मंगलबार यति डेभलपमेन्ट बैंकका निर्देशक अर्जुन प्रसाद शर्मा र महालक्ष्मी बिकास बैंकका निर्देशक सञ्जय गिरी बिच आपसमा गाभिने विषयमा सैद्धान्तिक सहमती भएको हो । मर्जर पछि बन्ने बैंकको नाम महालक्ष्मी विकास बैंक रहने बताइएको छ । दुवै बैंकले एक बराबर एक स्वाप रेसियोमा मर्जमा जाने निर्णय गरेका हुन् । महालक्ष्मी र यती डेभलपमेन्ट बैंक मर्ज पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड ४१ लाख पुग्नेछ भने बैंकको शाखा सञ्जाल ६१ हुने बताइएको छ । यसैबिच नेपाल स्टक एक्सचेन्जले यती डेभलपमेन्ट र महालक्ष्मी बिकास बैंकको कारोबार रोक्का गरेको छ । दुवै बैंक मंगलबार मर्जमा गएका कारण स्टकमा कारोबार रोकिएको नेप्सेले जनाएको छ । महालक्ष्मीले यसअघि पनि मालिका बिकास बैंक र सिद्धार्थ फाइनान्सलार्इ मर्ज गरेको थियो । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री