शुक्रबार, १६ चैत २०८०

 एसएसबीले नेपालीलाई माथिको आदेश भन्दै भारत प्रवेश गर्न दिएन

समयपोष्ट २०७३ फागुन ३० गते ८:१२

भारतीय सिमा सुरक्षा बलले सुनसरीका विभिन्न नाकाबाट नेपालीहरुलाई भारत प्रवेश गर्न रोक लगाएको छ । कन्चनपुरको पुनर्वासास्थित आनन्दबजारमा एसएसबिको गोली लागि गोविन्द गौतमको मृत्यु भएपछि  देशव्यापी रुपमा भारतीय सिमा सुरक्षा बलको बिरोध भएको थियो । सोही घटनालाई लिएर एसएसबिले नेपालीहरुलाई भारत प्रबेश गर्न रोक लगाएको हो ।  स्थानीयबासीका अनुसार सुनसरी क्षेत्रको नेपाल-भारत सीमामा भारतीय सीमा सुरक्षा बल एसएसबीले कडाइ गर्दै नेपालीलाई प्रवेश गर्न दिएको छैन । एसएसबीले ‘माथिको आदेश’ भन्दै दशगजा क्षेत्रमा नेपालीलाई भारत प्रवेश गर्न नदिएको स्थानीयले बताए । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री