शनिबार, २९ वैशाख २०८१

संसारका केही यस्ता ठाउँ जहाँ महिलाहरु प्रवेश गर्न बर्जित छ (फोटोफिचर)

समयपोष्ट २०७३ फागुन २७ गते ७:३५

संसारमा केही यस्ता स्थानहरु पनि छन् जहाँ महिलाहरुलाई प्रवेश गर्न रोक लगाईएको छ । कडा नियम कानुन सहित महिलाहरुलाई प्रवेश गर्न बर्जित गरिएका स्थानको बारेमा यहाँ चर्चा गरिएको छ । महिलाहरुको लागि प्रतिबन्धित स्थान मध्ये भारतको केरला स्थित सबरीमाला भन्ने ठाउँमा रहेको अय्यापन मन्दिर पनि एक हो । यस मन्दिरमा महिलाहरु प्रवेश गर्न पाउँदैन् । यस मन्दिरको नियम अनुसार ६ बर्ष देखि ६० बर्ष उमेरका महिलाहरुलाई प्रबेश गर्न यहाँ बन्देज लगाईएको छ । 

Advertisement

2fमाउण्ट ओमिनी, जापान
जापानको यस बुद्धिष्ठ मठमा महिलाहरलाई जान वर्जित गरिएको छ । १३०० बर्ष पुरानो यस गुम्बामा धार्मक कारण देखाई महिलाहरुलाई प्रवेश गर्न दिईदैन ।  

3fमाउण्ट एथेन्स, ग्रीक

ग्रीकको यस गुम्बामा पनि महिलाहरु जान पाउँदैनन् । यस गुम्बा भित्र हरेक दिन बौद्ध भिक्षुहरुले अभ्यास गर्ने हुँदा महिलाहरुलाइृ प्रवेश गर्न नदिएको बताईन्छ ।

4fबर्निंग ट्री क्लब, यूएस
यस ठाउँमा राजनितिज्ञ र सर्वोच्च अदालतका मानिसहरु मात्र प्रवेश गर्न पाउँछन् । सन् १९८१ मा पहिलो पटक सर्र्वोच्च अदालतकी एक महिला न्यायाधिस मात्र यो गल्फ कोर्समा प्रवेश गरेकी थिईन् । अन्य महिलाहरु यस ठाउँमा वर्जित छन् । 

Advertisement

5fसॉकर स्टेडियम, ईरान

ईरानको चर्चित आजादी सॉकर स्टेडियम मा महिलाहरु प्रबेश गर्न पाउँदैनन् । 

6fटू डी फ्रांस
तस्विरमा देखाईएको यो एक साईकल प्रतियोगिता हो । जुन प्रत्येक बर्ष फ्रान्समा हुँने गर्छ । यस प्रतियोगितामा महिलाहरुलाई प्रतिबन्ध लगाईएको छ । 

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री