शुक्रबार, १६ चैत २०८०

मुक्तिनाथ विकास बैंकले विस्तार गर्यो चार शाखा

समयपोष्ट २०७३ फागुन २७ गते ६:५५

मुक्तिनाथ विकास बैंकले देशको चार स्थानमा शाखा विस्तार गरेको छ । बैंकले नवलपरासीको भुमही, पर्साको वीरगञ्ज, ओखलढुंगाको सिद्धिचरण र रामपुरमा शाखा विस्तार गरेको हो । बैंकको चारवटै शाखाको उद्घाटन बिहिबार सम्पन्न भएको छ । 

Advertisement

बैंकको नवलपरासी स्थित भुमही शाखाको समुद्घाटन नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर थापा क्षेत्रीले गरेका छन् ।  वीरगन्ज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र ओखलढुंगाको सिद्धिचरण शाखा र रामपुर शाखाको उद्घाटन ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले गरे । 

बैंकले ५५ वटा शाखा कार्यालयबाट सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ  । बैंकको १ लाखभन्दा बढी लघुवित्त सदस्यहरूसहित ३ लाखभन्दा बढी सेवाग्राही रहेका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री