बिहीबार, १३ वैशाख २०८१

एसएसबीले नेपाली माथि गोली चलायो ,एक जनाको मृत्यु

समयपोष्ट २०७३ फागुन २६ गते ८:४५

धनगढीबाट २० किलोमिटरको दूरीमा रहेको कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल -एसएसबीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय गोविन्द गौतम रहेका छन् । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनको धनगढीस्थित सिपी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताले जनाएको छ । आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको थियो । एसएसबीका जवानहरुले आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासी प्रतिरोधमा उत्रिएका थिए । त्यसक्रममा नेपाली र भारतीयबीच झडप भएको थियो ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री