शनिबार, ८ वैशाख २०८१

नोकियाको नोकिया 3310 बजारमा,यस्तो छ मुल्य

समयपोष्ट २०७३ फागुन २५ गते ८:५२

केही दिन अघि नोकियाले आईकोनिक मोडल नोकिया 3310 रि-लञ्ज गर्यो । यसअघि नोकियाले यो मोडल निकै साधारण डिजाईन र फिचर्समा लञ्ज गरेको थियो । तर नोकियाले भर्खरै मात्र यही मोडलको लग्जरी मोडल 'केवियर' बजारमा लञ्च गरेको छ । यस मोवाईलको नाम रुसका राष्ट्रपति भ्लादिमर पुटिनको नामबाट प्रेरित हुँदै 'सुप्रीमो पुटिन' राखिएको छ । फोनको पछिल्लो भागमा पुटिनको गोल्ड प्लेटेड चित्र राखिएको छ । जसमा चारैतिर गोल्ड सिलमा रसियाको राष्ट्रिय गानको कोट राखिएको छ । फोनको फ्रंट बटन गोल्ड प्लेटेड छ जहाँ रसियन कोर्ट अफ आम्र्स को तस्विर राखिएको छ । एंड्रोईड अथोरिटीका अनुसार नोकिया 3310 सुप्रीमो सुन्दर वुडन केसमा पाईनेछ जसमा कालो रंगको भेलवेट कभर पनि हुँनेछ । यस मोवाईलको भारतीय मुल्य १ लाख १२ हजार ७ सय ८५  रुपैयाँ तोकिएको छ । 

Advertisement

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री