शुक्रबार, १६ चैत २०८०

मधेसी मोर्चाले सरकारलाई पाँचबुँदे ज्ञापनपत्र बुझायो,माग पुरा नभए आन्दोलनमा जाने चेतावनी

समयपोष्ट २०७३ फागुन २५ गते ५:५४

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‍पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै माग पुरा नभए सात दिनपछि सरकारलाई दिइएको समर्थन स्वतः नरहने जानकारी गराएको छ।

Advertisement

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चामा आबद्ध सात दलका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटी सरकार गठन गर्दा भएको तीनबुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने, निर्वाचनको कार्यक्रम फिर्ता लिनुपर्ने ,मोर्चा गठबन्धनले भनेको परिमार्जनको आधारमा संविधान संशोधन हुनुपर्ने, त्यस अनुरूप केन्द्रीय निर्वाचन प्रदेश निर्वाचन प्रदेश मातहत स्थानीय निर्वाचन गर्नुपर्ने, सप्तरीमा भएको हत्याको छानबिन हुनुपर्ने, मृतकलाई सहिद घोषणा, घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेको छ । मोर्चाले माग पुरा नभए आन्दोलनमा जाने चेतावनी सरकारलाई दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री