बिहीबार, १५ चैत २०८०

सिद्धार्थ विकास बैंकलाई जनता बैंकले अक्वायर गर्ने

समयपोष्ट २०७३ फागुन १९ गते ८:२४

सिद्धार्थ विकास बैंकलाई जनता बैंकले अक्वायर गर्ने भएको छ । हाल १ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिदार्थ विकास बैंकले  दोस्रो त्रैमाससम्म १८ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले ७२/७३ मा २४ प्रतिशत बोनश शेयर वितरण गरेको थियो । त्यस्तै २ अर्ब ३० करोड रुपैयाँ चुक्ता पूँजी रहेको जनता बैंकले दोस्रो त्रैमाससम्म १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।  जनता बैंकले सिद्धार्थ विकास बैंक खरिद गर्ने भएपछि नेपाल स्टक एक्सचेञ्जले  सिद्धार्थको कारोबार रोक्का गरेको छ ।  जनता बैंकको कारोबार त्रिवेणी विकाससँगको मर्जर प्रकृयाका कारण यसअघि नै रोकिएको थियो।

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री